आर्थिक

बहुदरमाई नगरपालिले ल्यायो ४९ करोड ९३ लाखको बजेट

८ कार्तिक २०८१, बिहीबार १७:१०

वीरगञ्ज,८ कात्तिक । पर्साको बहुदरमाई नगरपालिकाले चालु आर्थिक बर्ष ०८१/८२ को लागि ४९ करोड ९३ लाख ३३ हजारको बजेट सर्बजनिक गरेको छ ।

बिहीबार नगरपालिकाको कार्यालयमा आयोजित ११ औ नगर सभामार्फत नगरपालिकाले चालु आवको बजेट सार्बजनिक गरेको हो । नगरकार्यपालिकाको कार्यालय बहुअरी पिडरीको सभाहलमा आर्थिक वर्ष २०८१/०८२ को नीति कार्यक्रम तथा बजेट प्रस्तुति गरि ११ औं नगर सभा सम्पन्न भएको हो।

‘बहुदरमाई बासीको रहर स्वच्छ सुन्दर शुरक्षित समृद्ध नगर’ दिर्घकालिन सोच भन्ने नाराको साथ आज नगर सभाको आयोजना गरिएको थियो ।नगरपपालिकाकी उपमेयर सुश्मा कुसाहाले बजेट प्रस्तुत गरिन् ।

बजेटमा संघीय सरकार समानिकरण अनुदानबाट १२ करोड २९ लाख,संघीय सरकार सर्शत अनुदान १९ करोड २९ लाख ९ हजार,संघीय सरकारको विशेष अनुदानबाट १ करोड ५० लाख त्यस्तै राजस्व बाँडफाड ९ करोड ७१ लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरि प्रदेश सरकार समानिकरण अनुदान ८९ लाख ४ लाख,सर्शत अनुदानबाट ९५ लाख, विशेष अनुदान ३० लाख,समपुरक अनुदान २० लाख र राजस्व बाँडफाडबाट ३० लाख ४० हजार प्राप्त हुने अनुमान गरिएको छ । नगरपालिकाको आन्तरिक स्रोत ३ करोड ५४ लाख ६० हजार प्राप्त हुनेछ ।यसैगरि बजेटमाजिल्ला समन्वय समिति तथा अन्य निकाय बाट निकास मौज्दात ४९ लाख ८४ हजार,स्थान शासन तथा सामुदायिक विकास ५० लाख,सडक बोर्ड सशर्त अनुदान ४० लाख प्राप्त हुनेछ ।

बजेट नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ, कृषि, भौतिक पुर्वाधार, पर्यटन प्रबर्द्धन,उधमशी रोजगारी लगायतमा जोड दिएको छ । नगर सभा नगरपालिकाको मेयर सिङ्गासन साह तेलीको अध्यक्षतामा भएको निती कार्यक्रम तथा बजेट सार्बजनिकीरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्द शेरे मुसतुफाले स्वागत मन्तव्य गरेका थिए ।

कार्यक्रममा नगरपालिकाका नौ वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।बजेट बाँडफाँटको विषय लाई लिएर पटकपटक स्थगित हुदै आएको नगरसभा आर्थिक बर्ष शुरु भएको चार महिना पछि सम्पन्न भई बजेट आएको हो ।

 

प्रतिक्रिया दिनुहोस्