काठमाडौं,१० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो १ बजेका लागि तय भएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार बैठकमा। समसामयिक राजनीतिक गतिविधि, आगामी कार्यदिशा र विविध गरी तीन जना एजेन्डा तय गरिएको छ । पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि आन्दोलित बनेको रास्वपाले बैठकबाट यसबारे आवश्यक थप निर्णय लिने बताइएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।