मधेस

पर्सा प्रहरीद्वारा २ विघा गाँजा फडाँनी गरी नष्ट

११ कार्तिक २०८१, आईतवार १२:११

वीरगञ्ज,११ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ मा प्रतिबन्धित गाँजा खेती नष्ट गरेको छ ।

पर्सागढी नगरपालिकाको वडा नं. १ गुलरिया र वडा नं. ३ झबराहामा लगाईएको प्रतिबन्धित गाँजाखेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

दुईवटा वडामा लुकाई छिपाई गाँजा खेती लगाएका सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको १५ जनाको प्रहरी टोलीले २ बिघा क्षेत्रफलमा लगाईएको १५ हजार प्रतिबन्धित गाँजाको बोट फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास भईरहेको र उनीहरुलाई कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्