गण्डकी

रवि लामिछानेको समर्थनमा भ्रमपूर्ण अभिव्यक्ति आएकोप्रति कास्की प्रहरीको ध्यानाकर्षण

११ कार्तिक २०८१, आईतवार १२:१९

पोखरा ,११ कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति आएकोप्रति कास्की प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । अनुमानका भरमा सूचना सम्प्रेषण नगर्न पनि सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई प्रहरीले आग्रह गरेको छ ।

‘अनुसन्धानको क्रममा रहेका लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा म्याद थप गर्न अदालतमा उपस्थित गराउँदा इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियार सहित प्रवेश गरेको, धम्काएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्ने जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रहरीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्