मधेस

मुख्यमन्त्री सिंहद्वारा पोखरिया अस्पतालको अनुगमन

११ कार्तिक २०८१, आईतवार १३:४०

११ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पोखरिया अस्पतालको अनुगमन गरेका छन् । पर्साको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरियामा रहेको प्रादेशिक अस्पतालको मुख्यमन्त्री सिंहले आज अनुगमन गरेको हो ।

पोखरियाको स्वास्थ्य, शिक्षा लगायतको सुधारको माग गर्दै निरन्तर धर्ना बस्ने र नगरपालिकालाई ज्ञापनपत्र समेत बुझाउने काम भएपछि मुख्यमन्त्री सिंहले आज अनुगमन गरेको हो । अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले अस्पतालमा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिएको राष्ट्रिय मुक्तिक्रान्ति अभियानका केन्द्रीय सदस्य नेजामुद्दीन समानीले बताए ।

मुख्यमन्त्री सिंहले आफूहरुले राखेको मागको सम्बन्धमा ध्यानकर्षण भएको र पर्सा आउँदा पोखरिया अस्पतालको अनुगमन गर्ने आश्वासन पाए अनुसार आज अनुगमन गरेको बताए ।

मुख्यमन्त्री सिंहले पोखरिया अस्पतालको अवस्थाको बारेमा अनुगमन गरेपछि भोली हुने प्रदेश मन्त्री परिषदको बैठकबाट केही निर्णहरु गर्ने अपेक्षा गरिएको नेता समानीले बताए ।

प्रतिक्रिया दिनुहोस्