समाचार

सशस्त्र प्रहरीद्वारा पटका बरामद गरी नष्ट

११ कार्तिक २०८१, आईतवार १५:३६

वीरगञ्ज ,११ कात्तिक ।सशस्त्र प्रहरीले नेपालमा प्रतिबन्ध लगाएको विष्फोटजन्य पदार्थ पटाका बरामद गरेर नष्ट गरेको छ ।

बीरगञ्ज महानगरपालिका वडा–३१ स्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प सोलखपुरले प्रतिबन्धित पटाका बरामद गरेको छ । भारतबाट अवैध रुपमा लुकाई छिपाई ल्याइरहेका पटाका बरामद गरेको हो ।

नेपाल सरकारले पैठारी गर्न प्रतिबन्ध लगाइएका समान पटाका चाड पर्व तिहार छठको मौका पारी ल्याईरहेको अवस्थामा गस्तीको क्रममा अन्दाजी मूल्य रु १ लाख २० हजार बराबरको पटाका बरामद गरी जन प्रतिनिधि , प्रहरी चौकी मिलनचौक, सशस्त्र प्रहरी सुरक्षा वेश सोलखपुर ,पत्रकार र स्थानीयहरूको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्