समाचार

उपकार सेवा नेपालद्वारा १० थान पंखा वितरण

१४ कार्तिक २०८१, बुधबार ११:२८

वीरगञ्ज,१४ कात्तिक । उपकार सेवा नेपाल नामक सस्ंथाले एक विद्यालयलाई १० थान सिलिङ्ग पंखा वितरण गरेको छ । आज एक कार्यक्रमका बिच माडी नगरपालिका वडा नम्बर ९ गणेशकुञ्ज, चितवन स्थित श्री गणेश आधारभुत विद्यालयमा उक्त पंखा वितरण गरिएको हो ।

गर्मीको बेलामा बालबालिकाहरुको स्वास्थ्यको ख्याल गर्दै पंखा वितरण गरिएको उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले बताईन् । विद्यालयका प्रधानाध्यापक तोयनाथ अधिकारीलाई उक्त पंखा हस्तान्तरण गरिएको समाजिक अभिन्यता प्रकाश थारुले जानकारी दिए ।

उक्त अवसरमा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी, सामुदायीक रेडियो प्रसारक संघ (अकोराब) का वरिष्ठ उपाध्यक्ष एवंम नारायणी एफएम वीरगञ्जका कार्यकारी अध्यक्ष गोविन्द देवकोटा, समाजिक अभियन्ता प्रकाश थारु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्