मधेस

पर्साको जिराभवानीमा चोरीको घटना वृद्धि

१६ कार्तिक २०८१, शुक्रबार ११:५१

सेढवा ,१६ कात्तिक। पर्साको जिराभवानी गाउँपालिकामा अहिले दिनहँुजसो चोरीका घटना भईरहेका छन् । बुधबार देखि अहिलेसम्म ७ वटा चोरीका घटना भएको तथ्य फेला परेको छ ।

वडा नं २ स्थित पालिका कार्यालयको अगाडी रहेकको जिराभवानी मनी ट्रान्सफरमा विहीबार राति चोरी भएको छ । चोरले मनी ट्रान्सफरको जस्ता (कर्कट) को छाना फोडेर कार्यालयमा प्रवेश गरि एक थान ल्यापटप चोरी गरी लगेको ईलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ ।

यस्तै बुधबार राति जिराभवानी गाउँपालिका वडा नं ३ नौकाटोला चोकमा रहेको रामजानकी मन्दिरमा चोरी भएको भने तीनवटा पसलमा समेत चोरी भएको छ । चोरले मन्दिरको दान पेटिका फोडेर त्यसमा रहेका दान रकम चोरर लगेको स्थानियले बताएका छन् ।

नौकाटोलामा विश्वनाथ राउत र जितेन्द्र दासले सञ्चालन गरेको छुटाछुटै घुम्ती पसलको फ्लैक उखेलेर चोरी भएको छ । विश्वनाथ र जितेन्द्रको पसलबाट नगद, रिचार्ज कार्ड तथा अन्य सामग्री गरी २४ हजार रुपैयाको चोरी भएको छ । भने सोही राती चोकमा रहेको ढोडा साह तुरहाको खाजा पसलमा समेत चोरी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्