आर्थिक

क्युएफएक्स सिनेमाको प्रत्येक टिकटमा मिनी पपकन फ्रि अफर

२४ कार्तिक २०८१, शनिबार १६:५०

वीरगञ्ज ,२४ कार्तिक। वीरगञ्जको बहुउद्देश्यीय व्यापारिक भवन स्काइलाइन मलमा सञ्चालन गरिएको अत्याधुनिक सुविधायुक्त विश्व स्तरीय सिनेमा हल क्युएफएक्सले दर्शकहरुको लागि नयाँ अफर ल्याएको छ ।

स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा सिनेमा हलले दर्शकहरूको विशेष सम्मानमा प्रत्येक टिकेटको खरिदमा मिनी चिज पपकोर्न निःशुल्क दिने घोषणा गरेको छ ।

क्युएफएक्सका सञ्चालकहरूले दर्शकप्रति आभार व्यक्त गर्दै वार्षिकोत्सवको अवसरमा विशेष अफरको घोषणा गरेका छन् । प्रत्येक टिकटको खरिदमा निःशुल्क मिनी चिज पपकोर्न प्रदान गर्ने योजना दर्शकप्रतिको सम्मान र समर्थनको प्रतीक भएको बताइएको छ ।

यस अफरले दर्शकलाई सिनेमा अनुभवलाई अझै मीठो र रमाइलो बनाउन सहयोग पु¥याउने विश्वास सञ्चालकहरूले व्यक्त गरेका छन् । क्युएफएक्स सिनेमा हलले स्थानीय दर्शकहरूलाई आधुनिक सुविधासहित उच्च गुणस्तरीय चलचित्र प्रदर्शनको अनुभव प्रदान गर्दै आएको छ ।

स्थानीय स्तरमै दर्शकलाई विश्व स्तरीय सिनेमाको अनुभव दिने लक्ष्य सहित व्यावसायिक सेवा शुरु गरेको हलले चलचित्रबाट मनोरञ्जन लिनेहरुका लागि नयाँपन सहितको सेवा दिईरहेको क्युएफएक्सले सञ्चालनको प्रारम्भदेखिनै भरपूर मनोरञ्जन सहितको सुविधा दिदै आएको छ ।
उत्कृष्ट स्क्रिन क्वालिटी, साउन्ड सिस्टम सहित आरामदायी सिट सुविधामा सञ्चालनमा रहेको क्युएफएक्स हलले स्थानीय दर्शकहरूलाइ विश्वस्तरीय अनुभव लिने अवसर प्रदान गरेको छ । क्युएफएक्सले एक वर्षको अवधिमा नेपाली, हिन्दी, र विदेशी चलचित्रहरूको प्रदर्शन गर्दै आएको छ । क्युएफएक्सको स्थापना वीरगञ्जको मनोरञ्जन क्षेत्रको विकासका लागि महत्वपूर्ण मानेको छ ।

स्थानीय दर्शकहरूको प्रतिक्रिया अनुसार, क्युएफएक्सको आगमनले वीरगञ्जमा चलचित्र प्रदर्शनको स्तरमा उल्लेखनीय सुधार ल्याएको छ । क्युएफएक्समा पाएको विश्व स्तरीय अनुभवले दर्शकहरूलाई सहर बाहिर जानु नपर्ने बनाएको उनीहरूको भनाइ छ ।

सञ्चालकहरूले आगामी दिनहरूमा अझ बढी सुविधा, नयाँ चलचित्र, र विशेष कार्यक्रमहरूका साथ दर्शकहरूलाई अझ बढी आकर्षित गर्ने योजना बनाइरहेको बताएका छन् ।

हलले अतिरिक्त सुविधाहरूको विस्तार गर्दै विभिन्न अफर र कार्यक्रमहरूको आयोजना गर्ने तयारीमा रहेको जानकारी दिइएको छ । यस अवसरमा क्युएफएक्समा फिल्म हेर्न आएका दर्शकहरूले पनि आफ्नो खुसी व्यक्त गर्दै यस अफरको स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्