खेलकुद

प्रथम विरुवागुढी नकआउट फूटबलमा आज सिमरा र बारा ११ भीड्दै

२५ कार्तिक २०८१, आईतवार ११:१२

२५ कात्तिक,पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ मा शनिबारदेखि शुरु भएको प्रथम विरुवागुढी नकआउट पूmटबल प्रतियोगितामा आज सिमरा युनाईटेड र बारा ११ बीच प्रतिस्पर्धा हुनेछ ।

पर्सागढी मिनी रंगशालामा शनिबार प्रतियोगिताको पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले उदघाटन गरेका थिए । प्रतियोगिताको उदघाटन गर्दै उनले नगरको विकाससँगै खेललाई पनि प्राथामिकता दिएर एक वडा एक खेल मैदान निर्माणमा लागिएको बताए ।

शनिबार भएको उदघाटन खेलमा रतनपुर युनाईटेड क्लब बारा विजयी भएको छ । रतनपुर युनाईटेड क्लबले वीरगन्ज युथ एकेडेमीलाई १–० गोलले जित हासिल गरेको छ । हिजोको खेलको म्यान अफ द म्याच रतनपुर युनाईटेडका आनन्द चौधरी घोषित भएका छन् ।

पर्सागढी नगरपालिका र वडा नम्बर ३ को संयुक्त प्रायोजनमा क्लबका अध्यक्ष राजन थापाको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन सत्रमा वडा नम्बर ३ का वडा अध्यक्ष शुकमान तामाङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव बिक्रम कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्