वीरगञ्ज,२६ कात्तिक । पछिल्लो समय वीरगञ्जमा ‘स्पा’ व्यावसाय फस्टाउदै गएको छ । झट्ट सुन्दा ‘स्पा’ व्यावसायलाई नेपाली समाजले गलत धारणाले बुझ्ने गरेका छन् ।
तर, समयको परिवर्तनसँगै ‘स्पा’ लाई व्यावसायिक रुप दिदै गएपछि यसको व्यावसाय फस्टाउदै गएको हो । वीरगञ्जको घण्टाघर नजिकै ‘ वीरगञ्ज गेटवे स्पा’ सोमबारदेखि सञ्चालनमा आएको छ ।
घण्टादेखि बसपार्क जाने पूर्वदक्षिणतर्फ करिब १० लाखको लागतमा होटल व्यावसायी माधव बस्नेतले ‘ वीरगञ्ज गेटवे स्पा’ सञ्चालनमा ल्याएका हुन् ।
‘स्पा’ को होटल महासंघका केन्द्रीय सचिव, होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका संयोजक हरि पन्तले उदघाटन गरे ।उद्घाटन गर्दै व्यावसायी पन्तले ‘स्पा’ बारे समाजमा धारणा नकारात्मक रहेकोले यसलाई व्यावसायिक रुपमा सञ्चालन गरी समाजमा रहेका गलत धारणालाई चिर्न चुनौती हुने गरेको बताए ।
‘
स्पा’ अर्थात साधारण बोलीचालीको भाषामा बुझिने मसाज मानव शरीरको लागि चाहिने सेवा बताउदै विदेशमा हरेक मान्छेले आफ्नो शरीरलाई आराम दिनका लागि स्पा सेन्टरमा गएर मसाज लिने गरेकोले मसाज सेन्टर व्यावसायिक रुपमा खोल्नु गलत नभएको धारणा राखे ।
उनले एकदुईवटा स्पा सेन्टरहरु हुने गरेका गलत गतिविधिले सबै व्यावसायिक स्पा सेन्टरहरु बदनाम हुने गरेको बताए ।समाजलाई असर नपर्ने गरी व्यावसायिक सेवा दिन स्पाका सञ्चालकलाई पन्तले सुझाव पनि दिए । वीरगन्जमा धेरै ‘स्पा’ सेण्टरहरु खुलेपनि ‘वीरगञ्ज गेटवे स्पा’ले फरक अनुभव दिने सञ्चालक माधव बस्नेतले दावी गरे ।
काठमाडौंबाट तालिम प्राप्त अनुभवी व्यक्तिहरुद्वारा ‘स्पा’ सेवा दिने सञ्चालकको भनाई छ । वीरगन्ज गेटवे स्पा सेन्टरमा मसाज गराउँदा एक घण्टाको दर ९ सय ९९ रुपैयाँ राखिएको छ ।
साथै सुविधा एक पटकमा पाँचजनालाई सेवा दिइनेछ । ‘स्पा’ सेन्टरमा ५ वटा क्याबिन रहेको र सबै क्याबिन एसीसहित सुविधा सम्पन्न रहेको सञ्चालक बस्नेतले बताए