खेलकुद

प्रथम विरुवागुठी नकआउट फूटबलको उपाधि सिमरा युनाईटेडले जित्यो

२ मंसिर २०८१, आईतवार ०७:४४

पर्सागढी १ मंसिर । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–३ को मिनी रङ्गसालामा भएको प्रथम बिरुवागुठी नकआउट फुटबल प्रतियोगिताको प्रथम उपाधी सिमरा युनाईटेड क्लब सिमराले हात पारेको छ ।

शनिबार भएको फाईनल खेलमा आयोजक बिरुवागुठी युथ क्लबलाई ३–१ गोलले पराजित गरी सिमरा युनाईटेड क्लबले प्रथम उपाधी हात पारेको हो ।
सिमरा युनाइटेड क्लबकोतर्फ बाट जर्सी न १७, ४, ९ का अजित चौधरी, मोहित गुरुङ, सुजन ढुङ्गेलले एक–एक गोल गरेका थिए । त्यसैगरी आयोजक बिरुवागुठी युथ क्लबको तर्फबाट सतिस मगरले एक मात्र सान्तवना गोल गरेका थिए ।

आयोजक क्लब दोश्रो उपाधीमा चित्त बुझाउनु प¥यो । प्रथम हुने टिम सिमरा युनाइटेड क्लबलाई पर्सागढी नगरपालिका नगर प्रमुख गोकर्ण पाठकले नगद ५१ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र बितरण गरेका थिए । दोश्रो हुने टिम आयोजक बिरुवागुठी युथ क्लबलाई नगद २५ हजार, शिल्ड मेडल र प्रमाणपत्र बितरण गर्नुभएको थियो । खेलको बेस्ट किपर सिमराका युनिस चौधरी र बेस्ट खेलाडि बिरुवागुठि युथ क्लबका राकेस चौधरी भएका छन ।

पर्सागढी नगरपालिका कार्यालय र वडा नम्बर–३ को आर्थिक सहयोगमा कात्तिक २४ गतेदेखि भएको प्रतियोगितामा बारा पर्साका ८ वटा टिमको सहभागीता रहेको थियो । क्लबका अध्यक्ष राजन थापाको अध्यक्षतामा भएको समापन समारोहमा स्वागत मन्तव्य आयोजक क्लबका सहसचिव कुमार तमाङ्गले गर्नुभएको थियो । सहजीकरण बरिष्ठ सल्लाहकार बिक्रम कार्कीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्