राजनीति

दुर्गा प्रसाईंलाई आज अदालतमा उपस्थित गराइँदै

५ मंसिर २०८१, बुधबार ११:२३

काठमाडौँ,५ मंसिर । साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज अदालतमा उपस्थित गराइने भएको छ ।

मंगलबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउने भएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार कसुर गरेको भन्दै पक्राउ पुर्जी लिएको थियो । सिआइबीले मंगलबार पक्राउ गरेको भएपनि थप अनुसन्धानका लागि उनलाई साइबर ब्युरोमा बुझाएको थियो ।

कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको अपुष्ट ‘प्रमाण’ प्रसाईंले सार्वजनिक गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएपछि उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्