वीरगञ्ज,५ मंसिर। वीरगञ्जमा जारी पाँचौं कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा आज समूह डि अन्तर्गतको एउटा खेल भएको छ ।
अग्नी समूह र ओम्नी समूहबीच आज भएको समूह चरणको अन्तिम खेलमा अग्नी समूह विजयी भएको छ । बुधबार बिहान वीरगञ्जको आदर्शनगर रंगशालामा भएको खेलमा टस जितेर ओम्नीले फिल्डिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको अग्नीले निर्धारित ६ ओभरको खेलमा ११४ रनको योगफल तयार पारेको गरेको थियो ।
११५ रनको लक्ष्य सहित जवाफी व्याटिङ गरेको ओम्नीका खेलाडीहरु २८ रन मै अलाउट भएपछि अग्नीले ८६ रनको फराकिलो अन्तरले जित निकाल्यो । समूह डी को अझै एक खेल बाँकी रहेको छ । भोली गरिमा बिकास बैंक र ओम्नी समूहबीच खेल हुने लायन्स क्लब अफ वीरगञ्ज परिवारका उपाध्यक्ष नरोत्तम पाण्डेले जानकारी दिए
। समूह डीको खेल सकिएपछि समूह सीको खेल पर्सिदेखि शुरु हुनेछ । वीगन्जमा रहेका बाणिज्य बैंक, विकास बैंक, वीमा कम्पनी र औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिमको सहभागिता रहेको वीरगन्ज स्पोर्ट्स एकेडेमीका संयोजक बैकुण्ठ श्रीवास्तवले जानकारी दिए ।