मधेस

पत्रकार नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार वितरण गरिने

५ मंसिर २०८१, बुधबार १७:३६

वीरगञ्ज ,५ मंसिर। समाजवादी प्रेस संगठन नेपाल पर्साले नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ । संगठनको बुधबार बसेको दोस्रो बैठकले पत्रकार सर्राफको मंसिर १५ गते स्मृतिसभाको आयोजना गर्ने सोही दिन पत्रकारिता पुरस्कार वितरण गर्ने निर्णय गरेको हो ।

संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले सर्राफको निधन भएकै दिन मंसिर १५ गते वीरगञ्जमा दोस्रो स्मृति सभा गर्ने सोही सभामा संगठनले यस अघि नै स्थापना गरेको स्व. नरेश सर्राफ स्मृति पत्रकारित पुरस्कार समेत वितरण गर्ने निर्णय गरेको निर्णय गरेको संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनले जानकारी दिए ।

यस बर्षदेखि वितरण गरिने पुरस्कारको राशी रु २१ हजार रहेको छ । साथै बैठकले पत्रकारिता पुरस्कार वितरणको लागि व्यक्ति छनौट गर्न तीन सदस्यीय समिति समेत गठन गरेको छ । समितिको सदस्यमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, सल्लाहकार संजय साह र संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन रहेका छन् ।

वीरगञ्जस्थित नेपाल पोष्ट डेलीको कार्यालयमा बसेको बैठकमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य रामचन्द्र साह, बालगोपाल थापा, मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य मनोज पटेल लगायतको उपस्थिति रहेको थियो । बैठकको सहजिकरण संगठन पर्साका सचिव विनोद पटेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्