मधेस

पर्सा प्रहरीले झण्डै ६९ लाख बराबरको औषधि सहितको ट्रक राजस्वयमा बुझायो

१० मंसिर २०८१, सोमबार १४:५९

वीरगञ्ज ,१० मंसिर। जिल्ला प्रहरी कार्यालय पर्साले झण्डै ६९ लाख बराबरको औषधि सहितको ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।

विल विजक भन्दा बढी सामान लोड गरेको विशेष सूचनाको आधारमा गएराति वीरगञ्ज महानगरपालिका वडा नं.०८ स्थित घण्टाघर चोकमा ना.४ ख २१६० नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

औषधी तथा खुद्रा सामानहरु लोड गरी वीरगञ्जबाट चितवनतर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विल विजक भन्दा बढीका सामान रहेको आशंका ट्रक नियन्त्रणमा लिएको हो ।

नियान्त्रणमा लिईएको ट्रकमा रहेको सामानको मूल्य ६८ लाख ९१ हजार ४४९ मूल्यांकन गरी थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्