वीरगञ्ज ,१३ मंसिर। यातायात कार्यालय वीरगञ्ज र बसपार्कमा सेवाग्राहीहरुलाई दुख, हैरानी दिने अठार जना बिचौलियाहरुलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–१६ बसपार्क एरियामा यात्रुहरुलाई दुख हैरानी दिने तथा यातायात कार्यालय वीरगञ्जमा सेवाग्राहीहरूलाई काम छिटोे गरिदिन्छु भनी वार्गेनिङ गर्ने, कार्यालय परिसरमा अनाधिकृत रूपमा प्रवेश गरी काम मिलाइ दिन्छु भनी प्रलोभनमा पारी कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक दुख हैरानी दिने गरेको सुचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरु मध्ये एक जना भारतीय नागरिक,वीरगञ्ज महानगरपालिकाका बिभिन्न वडाका १४ जना,पर्सा बिन्दबासिनी गाउँपालिकाकाका एक ,रौतहट माधवनारायण नगरपालिकाका एक र गोरखाको गोरखा नगरपालिकाका एक जना गरि अठार जना रहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दै जानेक्रममा उनीहरुलाई पक्राउ गरि सार्वजनिक शान्ति बिरुद्धको कसूरमा थप अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी किशोर लम्सालले जानकारी दिए ।
पक्राउ पर्नेहरूको विवरण :-
१. बिन्दवासिनी गाउँपालिका वडा नं. १ बस्ने वर्ष २१ को सञ्जीव गुप्ता।
२.वीरगन्ज महानगरपालिका वडा नं. ८ बस्ने वर्ष ५१ को विजय साह ।
३. वीरगन्ज महानगरपालिका वडा १० रानीघाट बस्ने वर्ष १८ को बजरंगी महतो।
४. वीरगन्ज महानगरपालिका वडा १० रानीघाट बस्ने वर्ष २२ को राहुल महतो।
५. वीरगन्ज महानगरपालिका वडा १० रानीघाट बस्ने वर्ष ३८ को विजय साह ।
६. वीरगन्ज महानगरपालिका वडा १० रानीघाट बस्ने वर्ष २८ को फिरोज खान ।
७. भारत बिहार जिल्ला मोतिहारी बकतीरा बस्ने वर्ष २५ को जटाशंकर कुमार ।
८. रौतहट माधवनारायण नगरपालिका वडा नं. १ बस्ने वर्ष २५ को नरेश साह सोनार ।
९. गोरखा न.पा. वडा नं. ९ बस्ने वर्ष २६ को सुशान्त कुँवर ।
१०. वीरगन्ज महानगरपालिका वडा १० बस्ने वर्ष ३५ को प्रभु पटेल ।
११. वीरगन्ज महानगरपालिका वडा १५ बस्ने वर्ष ३१ को सन्देश सिंह ।
१२. वीरगन्ज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष २० को विकास पटेल।
१३. वीरगन्ज महानगरपालिका वडा नं. ११ बस्ने वर्ष ३१ को जय पुजन ठाकुर
१४. वीरगन्ज महानगरपालिका वडा नं. ११ वर्ष २३ को मनिष महतो।
१५. वीरगन्ज महानगरपालिका वडा नं. ११ वर्ष २२ को चन्दन कुमार चौरसिया ।
१६. वीरगन्ज महानगरपालिका वडा नं. ११ वर्ष ३५ को सन्तोष महतो ।
१७. वीरगन्ज महानगरपालिका वडा नं. १४ बस्ने वर्ष २३ को इद मियाँ धोबी ।
१८. वीरगन्ज महानगरपालिका वडा नं. ११ बस्ने वर्ष ४० को सुरज भगत माली।