सेढवा,१५ मंसिर । पर्साको जिराभवानी गाँउपालिकामा आज निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी बितरण कार्यक्रम सम्पन्न भाएको छ ।
जिराभवानी गाँउपालिकाको आयोजना तथा सर्वोतम अस्पताल तथा रिसर्च सेन्टर बीरगंज र थारु फर्मा मार्केटिंग बीरगंजको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ३ सय ८५ जनाको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि बितरण गरिएको थियो । गाउँपालिका अध्यक्ष अनोज चौधरीका अध्यक्षता तथा डा. चितरन्जन साहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
शिविरमा डा. चितरन्जन साह, डा. उमेश कुमार यादव, डा. दिपक कुमार कुशवाहा, डा. अतिन्द्र मिश्रा, डा. कौशल सिंह र डा. मीता महर्जन झाले स्वास्थ्य परिक्षण गरेका थिए ।