मधेस

भोजपुरी प्रतिष्ठान वीरगंजको कार्य समिति पुनर्गठन

१९ मंसिर २०८१, बुधबार १५:०२

वीरगञ्ज ,१९ मंसिर । भोजपुरी प्रतिष्ठान वीरगंजको कार्य समिति पुनर्गठन भएको छ । अनिता साहको अध्यक्षतामा सात सदस्यीय समिति पुनगर्ठन भएको हो ।

समितिको सदस्यहरुमा आमोद प्रसाद गुप्ता , सलमा खातुन , सर्वजीत पासवान , अमित अग्रवाल , मुकेश महतो नुनीया र अजय चौरसिया रहेका छन् ।सल्लाहकारहरुमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, भाषा आयोगका सदस्य गोपाल अश्क, वरिष्ठ पत्रकार चन्द्रकिशोर, भोजपुरी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एव् वरीष्ठ साहित्यकार दिनेश गुप्ता, वरिष्ठ साहित्यकार प्रमोद पाण्डे रहेका छन् ।

वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णको अध्यक्षता तथा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिँहको प्रमुख आथित्यतामा भएको आजको कार्यक्रममा पुनर्गठित समितिका अध्यक्ष र सदस्यहरुलाई मनोनयन पत्र वितरण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राजेशमान सिंहले भोजपुरी भाषा, संस्कृति र साहित्यलाई उजागर गर्ने तथा जनजन र मनमनमा पु¥याउन र विकास गर्दै एउटा छुट्टै पहिचान बनाउने उद्देश्यले भोजपुरी प्रतिष्ठानको ठूलो भूमिका हुन सक्ने बताए ।

उनले पछिल्लो समयमा भोजपुरी भाषाप्रतिको वितृष्णा बढेको समयमा प्रतष्ठिानमा विभिन्न विधाबाट आबद्ध कार्य समितिका सदस्यहरुले ईमान्दारी पूर्वक लाग्नुपर्नेमा जोड दिए । मेयर सिँहले वीरगञ्जका विद्यालयहरुमा कम्तीमा हप्तामा एक दिन भोजपुरी भाषा साहित्य, संस्कृतिको बारेमा कक्षा संचालन गर्ने योजनामा रहेको बताए । साथै भोजपुरी, भाषा, संस्कृति झल्काउने संग्राहलय समेत स्थापना गर्ने योजना रहेको बताए ।

उनले भोजपुरी भाषा अन्य भाषा जस्तै सम्मानजनक तथा अन्तराष्ट्रिय स्तरमा समेत बोलिने भाषा रहेकोले यसको उत्थान तथा विकासका लागि युवाहरुको आकर्षण बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।

त्यस्तै कार्यक्रमका अध्यक्ष तथा वीरगंज महानगरपालकिाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले स्थानीय भाषाको विकासका लागि स्थानीयकै भूमिका महत्वपूर्ण रहेको बताए । उनले भोजपुरी भाषा , संस्कृति साहित्य, रहनसहन, खानपान लगायतका विषयवस्तुमा आधारित पुस्ताकलय, संग्राहलय, आर्ट ग्यालरी तथा पाठ्यक्रमतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्