२१ मंसिर,वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाईएको छ । स्थापना दिवसको अवसरमा शुक्रबार बिहान रक्तसंचार केन्द्रमा झण्डत्तोलनर माल्यार्पण गरिएको थियो ।
नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति बिरेन्द्रराज कँडेलको अध्यक्षतामा झन्डोत्तोलन पछि रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युना र नेपाल रेडक्रसका संस्थापक अध्यक्ष प्रिन्सेप शाहको तस्बिरमा अबिर, फूलमाला अर्पण गरी रेडक्रसकर्मीमा शुभकामना आदानप्रदान गरिएको थियो । ततपश्चात् रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
शाखाका सभापति विरेन्द्र राज कडेलले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा रेडक्रस पर्साका उपसभापति श्रीमती मधु राणा, कार्यवाहक मन्त्री साविर अहम्मद एराज,कोषाध्यक्ष महन्थ यादव, कार्यसमितिका सदस्यहरु, स्वयमसेवक,लगायत उपशाखाका प्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको कार्यसमिति सदस्य शिवनाथ यादवले बताए ।
रक्तदानलाई व्यवस्थित गर्न अनलाईन सफटवेयरको शुरुवात
नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाले रतmसंचार केन्द्रको सेवा प्रभावकारी बनाउनका लागि शुक्रबारबाट सफ्टवेयरको शुरुवात गरेको छ । रक्तदानको सम्मपुर्ण विवरण सहितको सफटवेयर शुभारम्भ गरिएको सभापति विरेन्दराज कडेँलले बताए ।
सफटवेयरको शुरुवातसँगै मोवाईल एप मार्फत रक्तदाताले आफनो व्यतिmगत विवरण, रतmसंचार केन्द्रमा सञ्चित रहेको रगतको विवरण, रक्तदान कार्यक्रमको विवरण पाउन सकिन्छ । यसले समय समयमा हुने रगतको अभावलाई कम गर्न तथा रतmदान कार्यक्रमलाई अझ व्यस्थित गर्न मदत पुग्ने सभापति कडेँलले बताए ।