सेढवा ,२१ मंसिर। हुलाकी सडक अन्तर्गतका भलुवाही खोलाको पुलको स्ल्याप फुटदा सवारी साधन दुर्घटनाको जोखिम बढेका छन् ।
खडकखण्डको जगरनाथपुर गाउँपालिका वडा नम्बर–४ मा पर्ने भलुवाही खोलाको पुलको स्ल्याप फुटेर दुर्घटनाको जोखिम बढेको जिराभवानी गाउँपालिका वडा नम्बार १ शान्तिनगरका शिक्षक रविमोहन सापकोटाले बताउनुभयो ।
पुलको उचाई बढि भएको र उतर तर्फ लामो मोड रहेको तथा पुलमा आउने बितिकै बीचमै फुटेकाले हुदा दुर्घटनाको जोखिम बढेको सापकोटा भनाई छ । चारवटा स्ल्याप रहेको सो पुलको सबैभन्दा उतरतर्फको स्ल्यापमा तीन ठाउँमा फुटेको छ ।
फुटेका भागमा फलामका डण्डी सतहभन्दा माथि आएको छ । सो सडकमा दैनिक एक हजारभन्दा बढि सवारीसाधनहरुको आवागमन हुने गरेको छ । तर पुलको स्ल्याप फुटेको महिनौ बिति सक्दा पनि मर्मतका लागि कुनै पनि निकायबाट कुनै पहल नभएको स्थानीयको भनाई रहेको छन् ।