मधेस

छविलाई रातारात पर्सा पुर्‍याइयो, रविलाई लैजाने तयारी

२४ मंसिर २०८१, सोमबार ११:१३

२४ मंसिर,वीरगञ्ज । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई पर्सा लगिएको छ ।

पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान गर्न जोशीलाई पर्सा लगिएको हो । उनलाई आइतबार राति कास्कीबाट गाडीमा पर्सा लगिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसएसपी कुमोद ढुंगेलले सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान गर्न जोशीलाई पर्सा ल्याएइएको बताए । उनलाई सोमबार बिहान पर्सा पु¥याइएको उनले बताए ।
प्रहरीका अनुसार उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएपछि पुनः पोखरा फर्काइने छ ।

सहकारीकै रकम अपचलनमा पक्राउ परेका मिडियाकै तत्कालीन प्रबन्धकसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने तयारी छ । लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ ।
रविलाई यसअघि रुपन्देही, काठमाडौं र चितवन लगेर बयान लिसकेको छ । लामिछानेविरुद्ध आइतबार मात्रै ४ दिन म्याद थप भएको थियो । प्रहरीले भने १३ दिनको म्याद माग गरेको थियो । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्