राजनीति

मन्त्रिपरिषदको बैठक आज बस्दै

५ पुष २०८१, शुक्रबार ११:५०

५ पुष,काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि बिहीबार अपराह्न ४ बजेका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

आजको बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्