मधेस

नेपाल मेडिसिटी बयोधा अस्पतालद्वारा छिमेक लघुवित्त वित्तीय संस्थाद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

७ पुष २०८१, आईतवार १४:३०

७ पुष,काठमाडौँ । नेपाल मेडिसिटी वयोधा अस्पतालद्वारा छिमेक लघुवित्त वित्तीय संस्थासँगको सहकार्यमा बाराको महागढीमाई नगरपालिकामा पर्ने दहियारमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

दहियारमा आयोजित स्वास्थ्य शिविरमा ७०० भन्दा बढी स्थानीयले स्वास्थ्य जाँच गराएको अस्पतालले जनाएको छ । शिविरमा नेपाल मेडिसिटी वयोधा अस्पतालका चिकित्सक डा. मनबोध शाह, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. रुबिना ताम्राकार गुरुङ, हड्डीरोग विशेषज्ञ डा. सन्तोष साह र डा. प्रकाश यादवको उपस्थितिमा सेवा प्रदान गरिएको थियो ।

शिविरमा स्वास्थ्य परीक्षण गराएकाहरुलाई निःशुल्क औषधि वितरण समेत गरिएको अस्पतालले जनाएको छ । शिविरमा रक्तचाप र सुगर परीक्षणजस्ता अत्यावश्यक प्रारम्भिक स्वास्थ्य परीक्षण नेपाल मेडिसिटीका नर्सिङ स्टाफ अलिम मियाँ र सुजाता चौधरीले सञ्चालन गरेका थिए ।

डा. मनबोध शाहका अनुसार, शिविरमा आउने अधिकांश बिरामीहरूमा सुगर र रक्तचापका समस्या देखिएका थिए । साथै मौसमको प्रभावका कारण केही बिरामीमा मौसमी फ्लुको समस्या पनि पाइएको थियो । डा. सन्तोष साहका अनुसार, धेरै संख्याका बिरामीहरूमा हड्डीसम्बन्धी समस्याहरू देखा परेका बिरामीहरु पनि फेला परेका थिए ।

स्वास्थ्य शिविरमा भएको प्रारम्भिक जाँचपछि नेपाल मेडिसिटी वयोधा अस्पतालले बिरामीहरूलाई थप उपचार आवश्यक परेमा अस्पतालमा विशेष सुविधा प्रदान गर्ने व्यवस्था मिलाएको छ छ ।

जसले गर्दा स्थानीयहरूले उचित उपचार पाउने सुनिश्चितता गर्न सकिने अस्पतालले जनाएको छ । छिमेक लघुवित्तकी प्रतिनिधि समीता लोहनीले यस्तो महत्वपूर्ण पहलमा नेपाल मेडिसिटी वयोधा अस्पतालसँग सहकार्य गर्न पाएकोमा गर्व लागेको बताउइन् ।

साथै, कम समयमा धेरै बिरामीहरूको सेवामा खटिएका चिकित्सकहरूको समर्पणप्रति धन्यवाद व्यक्त गरिन् ।

 

प्रतिक्रिया दिनुहोस्