मधेस

चिनियाँ प्रतिनिधि मण्डलद्वारा परियोजना निरीक्षण भ्रम

१५ पुष २०८१, सोमबार १६:५२

१५ पुष,सेढवा । चिनियाँ प्रतिनिधि मण्डलले गादीमाई वन व्यवस्थापन समुह बसन्तपुरमा सञ्चालन गरिएको परियोजना निरीक्षण भ्रमण गरेको छ । चिनिया प्रतिनिधि मण्डलको टोलीले जङ्गल सँग सीमा जोडिएका बस्तीहरुमा स्थानीय हरुलाई लाभान्बित हुने कार्यक्रम चलाउने र जङ्गलको सीमामा प्राङ्गरिक मल बनाउने उद्योग सन्चालन गर्न चिनिया प्राबिधिक टोली पठाउने बताएका छन् ।

पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर–२ मा रहेको सवडिभिजन वन कार्यालय बसन्तपुरले चिनिया प्रतिनिधि मण्डललाई वन व्यावस्थापन क्षेत्रमा भ्रमण गराएको थियो । भ्रमणका क्रममा उद्योगको कच्चापदार्थ पराल, खरानी, गोबर, पात पतिङगर लगायतक कच्चापदार्थ स्थानीयहरुबाट नै किन्ने बताउदै उद्योग सञ्चालन भए पश्चात स्थानीयले रोजगार समेत पाउने र अन्नबालीको उत्पादन पनि बढने बताए ।

कार्यक्रम गादीमाई साझेदारी बन व्यवस्थापन समूहका अध्यक्ष सहरुम राउत गद्दीको सभापतित्वमा तथा चिनियाँ प्रतिनिधि मण्डल परियोजनाका प्रमुख हुनसान लियाङको लगानी टोलीका प्रतिनिधि नबिन दुवाडी, जगरनाथपुर गाउँपालिकाका प्रमुख श्रीकान्त यादव, जीराभवानी गाउपालिकाका प्रमुख अनोज चौधरी, सब–डिभिजन वन कार्यालय बसन्त पुरका सहायक वन अधिकृत रघुनाथ दास लगायत गादीमाई साझेदारी वन व्यवस्थापन समूहका प्रतिनिधि, स्थानीय वासीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन समूहका सदस्य जितेन्द्र वर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्