२७ पुष,वीरगञ्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संविधान गलत बन्यो भन्दा गोली ठोक्ने सरकारले नै संविधान संसोधन गर्छु भन्नु हास्यास्पद रहेको बताएका छन् । वीरगञ्जलाई आर्थिक राजधानी बनाउने संकल्प सहित वीरगञ्जको वीपी उद्यानमा आज आयोजना गरेको खबरदारीसभामा उहाँले यस्तो बताएका हुन् ।
उनले जनताको बलमा राजा फालेका नेताहरु नै अहिले राजा बनेको उनको भनाई छ । पूर्व कानून मन्त्री समेत रहनुभएका नेता साहले संविधान गलत बनेकोले सच्याउन माग गर्दा मधेसी जनतालाई गोली ठोक्ने कांग्रेस र एमाले अहिले संविधान संसोधन गर्ने भनेर गठबन्धन बनाएको टिप्पणी गरे ।
जनतालाई पटक पटक धोका दिने कांग्रेस एमालले अब वीरगञ्जलाई प्रयोग नगर्न चेतावनी दिनुभयो । उनले भने, ‘पहिले शिक्षा आर्जन गन, उपचार गर्न वीरगञ्ज आउथ्यो ।
हराभरा थियो । वीरगञ्जको घण्टाघर आजको होईन । नारायणी अस्पताल आजको होईन, कृषि औजार कारखाना आजको होईन, चिनीमिल आजको होईन ।
जतिपनि पूर्वाधारहरुमा आँखा उठाउनुस यी सबै पहिलेकै हो । भने, यी चोर नेताहरुले के गरे म प्रश्न गर्न चहान्छु ।’ बहुदलीय प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा वीरगञ्जमा केही पनि विकास नहुनु चोर र दलाल नेताहरु कारक रहेको दोषारोपण गरे ।
वीरगञ्जबाट देशको आधा राजस्व लिने तर वीरगञ्जलाई भने केही पनि प्रतिफल नदिने राज्यसँग अब वीरगञ्ज चुप लागेर नबस्ने चेतावनी दिए । उनले भन्नुभयो, ‘आज नारायणी अस्पतालको दूरदशा किन भयो ? पार्टीका दलाल र झोलेहरूलाई प्रश्न गर्न चाहान्छु ठाकुरराम विश्वविद्यालय हुन्छ कि हुदैन ?’ सरकारले लुट्ने मात्रै काम गर्ने ।
यसको रिटर्नीङ केही पनि नदिने सरकारको पहिला भएका जति पनि सम्पत्तिहरु छन् त्यसको रक्षा पनि नहुने आज बेचेर खाने यी नेतहरुलाई प्रश्न गर्ने कि नगर्ने ? अब वीरगन्ज जागेको छ । चुप लागेर बस्दैन ।’
पार्टीका पर्सा अध्यक्ष विश्वराज पटेलको अध्यक्षतामा भएको कार्यक्रममा आमजनता पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा नेता कार्यकर्ताहरु गरी सयौंको सहभागिता रहेको थियो ।