राजनीति

चेक अनादर मुद्दामा एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ

१ माघ २०८१, मंगलवार ११:५८

१ माघ,काठमाडौँ । चेक अनादर मुद्दामा नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार मल्लविरुद्ध २० लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा उजुरी परेको थियो । भक्तपुर प्रहरीले मल्ललाई नियन्त्रणमा लिएर प्रहरी वृत्त महाराजगञ्जलाई बुझाएको एसपी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्