आर्थिक

सुनको मूल्य ४ सय रुपैयाँले घट्यो, कतिमा भइरहेको छ कारोबार ?

१० माघ २०८१, बिहीबार ११:३४

१० माघ,काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार छापावाल प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि बुधबार सुन तोलामा १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । यससँगै आज चाँदीको मूल्य तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार चाँदी १ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्