राजनीति

नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै

१३ माघ २०८१, आईतवार ११:५२

१३ माघ,काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्नेछ।

संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न काँग्रेस संसदीय दलको बैठक आइतबार बस्न लागेको हो ।

बैठकमा सरकारले ल्याएका अध्यादेश, अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि प्रस्तुत भएका विधेयकबारे छलफल गर्नेछ । संसद्को हिउँद अधिवेशन माघ १८ शुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस्