आर्थिक

सुनको मूल्य २३ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

१८ माघ २०८१, शुक्रबार ११:०८

१८ माघ,काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा दुई हजार ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी एक हजार ९ सय १५रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्