२० माघ,काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ आइतबार स्थिर रहेको छ। यसैगरी चाँदीको भाउ भने सामान्य घटेको छ।
नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार आज सुनको भाउ तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार पनि सुन तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ। यससँगै आज चाँदी १ हजार ९१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा चाँदी १ हजार ९१५ रुपैयाँमा किनबेच भएको थियो।