मधेस

साउथजोन माध्यामिक विद्यालयको १६ औं बार्षिकोत्सव भव्य मनाउदै

२० माघ २०८१, आईतवार १३:१५

२० माघ,वीरगञ्ज । वीरगञ्जको साउथ जोन माध्यामि विद्यालयले आफ्नो १६ औं बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । वीरगञ्जको साह दरबार होटलमा औपचारिक कार्यक्रमको आयोजना गरेर बार्षिकोत्सव मनाएको हो ।

आईतबार भएको औपचारिक कार्यक्रमको प्रमुख अतिथि पर्सा नेपाल सरकारका खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले उदघाटन गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि खानेपानी मन्त्री यादवले निजी विद्यालयहरुमा साउथ जोन माध्यामिक विद्यालयले वीरगन्जको शैक्षिक क्षेत्रमा पु¥याएको योगदान निकै अनुलनीय रहेको बताए ।

निजी विद्यालयहरुको शैक्षिक गुणस्तरले नेपालमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुगेको बताउदै शिक्षामा मात्रै नभई अन्य क्षेत्रमा पनि साउथजोन माध्यामिक विद्यालयका विद्यार्थीहरु अब्बल रहेको बताए ।
विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा बर्षभरी गरिएको विभिन्न प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । साथै नृत्य प्रतियोगिता र गायन प्रतियोगिताको पनि आयोजना गरिएको छ ।

नृत्य र गायन प्रतियोगितामा विजेता, उपविजेताहरुलाई पनि पुरस्कृत गरिने विद्यालयका सहायक प्रधानाध्यापक अशोक संग्रौलाले जानकारी दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य रहबर अन्सारी, वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरि राउत, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष निलिमा पौडेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे, पर्सा अध्यक्ष शिवनाथ यादव, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्