मधेस

पूर्व मेयर सरावगीको सक्रियता बढ्यो, वडा नम्बर ३२ मा निःशुल्क आँखाको शिविर आयोजना

२८ माघ २०८१, सोमबार १४:५७

२८ माघ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका पूर्व नगर प्रमुख विजय कुमार सरावगीले आफ्ना सामाजिक सेवालाई निरन्तरता दिएका छन् ।

महानगरपालिकाका मेयर हुँदै उनले एकहजार जनाको निःशुल्का आँखा परीक्षण तथा उपचार समेत गरेका थिए । अहिले पनि त्यही सेवामा उनी निरन्तर सक्रिय रहेका छन् । सोमबार उनले वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नीमा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा सहभागी भएर स्थानीय जनताको सेवामा लागे ।

नेकपा एमाले वडा नम्बर ३२ को कमिटीले माट्रिका आइ फाउन्डेसनको सहयोगमा आयोजना गरेको निःशुल्क आँखा परीक्षण शिविरमा पूव महाननगरप्रमुख बिजय कुमार सरावगीको प्रमुख आतिथ्यता रहेको थियो ।
सोमबार आयोजना गरेको निःशुल्क आँखा शिबिरमा पहिचान गरिएका सम्पूर्ण बिरामीहरुको आँखाको शैल्यक्रिया निःशुल्क रुपमा गरिने सरावगीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्