
४ फागुन,कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ लेककुनामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँका ७२ वर्षीय आइत सिंह गुरुङ रहेका छन् । उनको साथबाट भरुवा बन्दुक १ थान, बारुद जस्तो देखिने पदार्थ करिब ५ सय ग्राम र अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलोग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बगर र प्रहरी चौकी धम्पुसबाट खटिएको प्रहरीले शनिबार साँझ उनको घर तलासी गर्दा उक्त हातहतियार तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो ।