समाचार

स्वास्थ्यकर्मीको निधनको शोकमा पर्सागढी नगरपालिका आज आधा दिन बन्द

४ फाल्गुन २०८१, आईतवार १३:४५

४ फागुन,वीरगञ्ज । पर्सागढी नगरपालिका कार्यालयमा आज दिउँसो १ बजेदेखि शोक विदा दिईएको छ । नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीको निधनको शोकमा नगरपालिकाले आज दिउँसो १ बजेदेखि शोक विदा दिएको हो ।

नगरपालिका अन्तर्गत पचरुखी स्वास्थ्य चौकीमा सिनियर अहेब सहायक पाँचौ तहमा कार्यरत स्वास्थ्यकर्मी अक्षेलाल रामको अस्ती २ गते राति नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचारको क्रममा निधन भएको थियो । नगरपालिकाका प्रमुख गोकर्ण पाठकले शोक वक्व्य जारी गर्दै नागरिकको जीवन रक्षामा अहोरात्र खटिनुहुने एक कुरात स्वास्थ्यकर्मीको निधनचाट यस नगरपालिकालाई अपुरणीय क्षति पुगेको जनाउनु भएको छ ।

उहाँको निधनको दुःखद घडिमा दिवगंत आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तास परिवारजनमा नगरपालिका परिवारको तर्फबाट संवेदना पनि प्रकट गर्नुभएको छ ।

अक्षेलाल रामको निधनको शोकमा पर्सागढी नगरपालिका र अन्तर्गतका बड़ा कार्यालय, स्वास्थ्य संस्था र विषयगत कार्यालयहरुमा दिवंगत आत्माको चीर शान्तिको कामनाका लागि शोक पुस्तिका राखेर हस्ताक्षर गर्ने र खोप, प्रशुति सेवा र आकास्मिक अति आवश्यक सेवा बाहेक दिउँसो १ बजे पछि आधा दिन स्थानीय शोक विदा दिईएको सूचनामा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्