आर्थिक

सुनको मूल्य अहिले सम्मकै उच्च

७ फाल्गुन २०८१, बुधबार १५:१३

७ फागुन,काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन १ हजार १०० रुपैयाँले बढेको हो ।

मंगलबार सुन एक लाख ६९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज बढेर प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्