राजनीति

इण्डो नेपाल अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

७ फाल्गुन २०८१, बुधबार १५:३६

७ फागुन, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जको प्रतिमा चोक स्थित इण्डो नेपाल हस्पिटल बन्द गर्न निर्देशन दिनुभएको छ । निजी अस्पतालहरूको आज अनुगमन गर्ने क्रममा अस्पतालले अनुमति नलिई सञ्चालन गरेको पाईएकोले अस्पतालमा उपचार गराईरहेका बिरामीको अन्यत्र स्थानान्तरण गरी पूर्णरुपमा बन्द गर्न निर्देशन गर्नुभएको हो ।

अस्ताला अन्य नयाँ कुनैपनि बिरामी भर्ना नलिन र पूर्णरुपमा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वस्थ्य अधिकृत संतोष ठाकुररले जानकारी दिनुभयो । मुख्यमन्त्री सिंहको नेतृत्वमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत संतोष कुमार ठाकुर सहितको टोलीले आज वीरगन्जका विभिन्न निजी अस्पतालहरुमा अनुगमन गरिरहेको छ ।

मुख्यमन्त्री नेतृत्वको अनुगमन टोली अहिले वीरगञ्जको भवानी हस्पिटलबाट शुरु गरेको अनुगमन प्रभु अस्पताल, आशाराम अस्पताल, सर्वोत्तम अस्पताल, इण्डो नेपाल अस्पताल, स्पर्श मल्टिस्पेसियालिटी अस्पताल लगायतका अस्पतालमा पुगेका छन् । अनुगमनका क्रममा भवानी अस्पतालमा निस्किने फोहोरमैला छुट्टै व्यवस्थापन गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्