राजनीति

सशस्त्र प्रहरीका तीन एसएसपी डीआईजीका लागि सिफारिस

९ फाल्गुन २०८१, शुक्रबार १२:०२

९ फागुन,काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदका लागि तीनजनाको नाम सिफारिस भएको छ ।

रिक्त तीन पदमा पदपूर्तिका लागि बढुवा समितिले वरिष्ठ उपरीक्षकहरू कृष्ण ढकाल, दीपेन्द्र कुवँर र विष्णुप्रसाद भट्टलाई सिफारिस गरेको हो ।
बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र बढुवा उपरको उजुरी दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्