मधेस

वीरगञ्जमा आजदेखि नेशनल प्याब्सनको महाधिवेशन सुरु

१५ फाल्गुन २०८१, बिहीबार १२:१४

१५ फागुन,वीरगञ्ज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को आठौं राष्ट्रिय महाधिवेशन आजदेखि वीरगञ्जमा सुरु भएको छ।

नेशनल प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीका अनुसार आजदेखि मधेश प्रदेशको आर्थिक केन्द्र वीरगञ्जको टाउनहल, आदर्शनगरमा सुरु भएको महाधिवेशन भोलिसम्म हुने छ।

महाधिवेशनमा देशभरका ३६ जिल्लाबाट करिब एक हजार पाँच सय निजी विद्यालयका संस्थापक, लगानीकर्ता तथा प्रिन्सिपलहरूको सहभागिता रहनेछ। महाधिवेशनमा नेशनल प्याब्सनले हाल प्रस्तावित शिक्षा विधेयक लगायतबारे छलफल गरि सरकारलाई आफ्ना सुझाव दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्