राजनीति

सांसद खरिदबिक्री गरेर अध्यादेश पारित गरे जनआन्दोलन गर्छौं : उपेन्द्र यादव

१६ फाल्गुन २०८१, शुक्रबार १७:३१

१६ फागुन,काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

भूमि अध्यादेशबारे छलफल गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खरिदबिक्री गरेर अध्यादेश पारित गर्नतिर नलाग्न चेतावनी दिए ।

उनले भने, ‘हामीले सरकारलाई स्पष्ट भनेका छौं यो अध्यादेश दाउपेज, जालझेल, सांसद खरिद बिक्रि गरेर अहिले माफियाहरुले भन्छन् रे कति करोड अर्ब चाहिन्छ सांसद किन्नुस् र पास गर्नुस् भनेको सुन्दैछु । त्यो धन्दामा लाग्नुजस्तो देशघाती काम कहिल्यै हुँदैन । सरकारले फिर्ता लिए हुन्छ विगतमा पनि धेरै अध्यादेश फिर्ता लिएको इतिहास छ ।’

उनले सरकारले जालझेल गरेर अध्यादेश पारित गर्न खोजेको जनआन्दोलनको बाटो पक्रिने चेतावनी दिए ।

उनले सरकार भएकाहरुको नियत भूमिहीनहरुको समस्या समाधान गर्नुभन्दा पनि भूमाफियामार्फत अनुचित लाभमा केन्द्रित हुनेहरुबाट देश नचल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्