
२१ फागुन,वीरगञ्ज । वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको आजबाट सेमीफाईन खेल सुरु हुँदैछ । आजको पहिलो सेमीफाईनल खेलमा वीरगञ्ज युनाईटेड र विभागीय टिम नेपाल पुलिस क्बलबीच खेल्दै छ ।
वीरगञ्जको आर्दशनगर रंगशलामा दिउँसो २ः३० बजे यी दुई टोलीबीचको खेल हुने आयोजकले जनाएको छ । मंगलबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले एपिआई चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको थियो ।
मधेस प्रदेश कै सर्वाधिक धनराशी भएको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको छ ।
प्रतियोगितामा नेपालका सात र भारतको एक गरी ८ टिमले सहभागिता जनाएका थिए ।