वीरगन्ज, ७ जेठ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ कोनियामा रहेको विद्यालयको नाम हो लक्ष्मीदेवी बाबुलाल हंस बाहिनी विद्यालय । लक्ष्मीदेवी बाबुलाल हंस बाहिनी विद्यालयकी सहायक प्रधानाध्यापिका शशि दिप्ती यादवले भने इट्टालाई (बाहिनी) अर्थात वाह्यशक्तिसँग आवश्यक परेमा युद्ध गर्न समेत पछि नहट्ने सरकारी शक्ति जस्तै बनाएकी छिन भने आफू लक्ष्मीदेवी होईन दुर्गादेवीको रुपमा प्रस्तुत भएकी छिन् ।
लक्ष्मीदेवी बाबुलाल हंस बाहिनी विद्यालयको जग्गा मात्रै होईन व्यावस्थापन समिति र सहायक प्रधानध्यापिका शशि दिप्ती यादव लगायत विवादित छन् । विद्यालय रहेको जग्गा दाताले दिएको भनेर दाता परिवारबाट नै विदालय व्यावस्थापन समितिका अध्यक्ष बनेका छन् नवलकिशोर यादव ।
उनै नवलकिशोर यादवकी श्रीमती शशिदिप्ती यादव लक्ष्मीदेवी बाबुलाल हंस बाहिनी विद्यालयकी सहायक प्रधानाध्यापिका छिन् । तर, विद्यालयलाई दाताले दिएको जग्गा भने सार्वजनिक ऐलानी जग्गा भएको जनप्रतिनिधिहरु नै बताउछन् । त्यसैले उक्त विद्यालयमा विवाद चलिरहेको छ ।
कहिले विद्यालयमा शिक्षकहरु नियमित र समयमा नआउने गरेको विद्यार्थी र अभिभावकहरुले पनि पटक पटक गुनासो गर्दै आएका छन् । त्यसैले हंसबाहिनी विद्यालय निरन्तर विवादित बन्दै गएको छ ।
त्यहि विषयमा सूचना संकलन गर्न गएका केही व्यक्तिहरुमाथि विद्यालयका प्रधानाध्यापक दिनेश चौरसियाले अभद्र व्यवहार गरेका छन् । भने, विद्यालयकी सहायक प्रधानाध्यापिका शशि दिप्ती यादवले अशोभनीय हर्कत गरेकी छिन् ।
सूचना संकलन गर्न गएका सुरेन्द्र यादव प्रधानाध्यापकसँग कुरकानी गरिरहेका बेला विद्यालयकी सहायक प्रधानाध्याकिकाले हातमा इट्टा लिएर कसैलाई आक्रमण गर्न खोजेको भिडियो र तस्वीर सोमबार भाईरल बन्यो ।
विद्यालयमा भईरहेको भवन निर्माणको विषयमा सूचना सकलन गर्न गएका सुरेन्द्र यादवसँग प्रधानाध्यापक दिनेश चौरसियाले गलत व्यवहार मात्रै गरेनन् । सोही विद्यालयकी प्रधानाध्यापिका शशि दिप्ती यादवले हातमा इट्टा लिएर आक्रमण नै गरिन् ।
सरकारले विद्यालयमा शिक्षकहरुले विद्यार्थीलाई पढाउँदा भयमुक्त सिकाई अभियानका लागि नीतिगत व्यावस्था गरेको छ । तर, विद्यालयका जिम्मेवार प्रधानाध्यापक र सहायक प्रधानाध्यापिकाहरुको गतिविधिले विद्यालयमा भयमुक्त सिकाई अभियानको नीति लागू भएको जस्तो देखिदैन ।
अझ सहायक प्रधानाध्यापिका यादवले झन विद्यालयका विद्यार्थीकै अगाडि अढाई किलोको इट्टा नै उठाएर ५ मिटर दूरीसम्म आएकी छिन् । विद्यालयमा शिक्षकले हातमा लठ्ठी समेत लिन नपाउने कानूनी व्यावस्था छ ।
उनको अढाई किलो भन्दा बढी ओजनको इट्टा र उनको प्रस्तुतीले विद्यालयका विद्यार्थीले के सिक्ने ? अनि समाजले के सिक्ने ? त्यति विवाद भएपछि विद्यालय व्यावस्थापन समितिका अध्यक्ष अर्थात उनै सहायक प्रधानाध्यापिकका श्रीमान नवल यादवले घटनाप्रति माफी पनि मागेको सुन्नमा आएको छ ।
उनले गरेको त्यो क्षमायाचना सकारात्मक मान्न सकिन्छ । तर, सार्वजनिक स्थानमा आवश्यक गोप्य सूचना बाहेक सबै पारदर्शी बनाउनुपर्छ । पारदर्शी हुनुपर्छ । इमान्दार हुनुपर्छ भनेर शिक्षा सिकाउने विद्यालयका प्रधानाध्यापक र सहायक प्रधानाध्यापकको अशोभनीय हर्कतले उनीहरुले दिएको शिक्षाले समाजलाई गिज्याईरहेको छ ।
आवश्यक सूचना नेपालको जुनसुकै नागरिकले पाउनुपर्छ । त्यसको विधि प्रकृया पनि पु¥याउनुपर्ने होला । नपुगेको खण्डमा दिन सक्दिन भन्न पनि सकिन्छ । तर, विद्यालयमै प्रधानाध्यापक र सहायक प्रधानाध्यापकले देखाएको हर्कतले समाजलाई भने राम्रो पाठ सिकाएको छैन ।
कुनै पनि शिक्षक बालमनोविज्ञान एवम् दण्डरहित बालअनुकूल सिकाइबारे प्रशिक्षण लिएको हुनुपर्छ । विद्यार्थीलाई तर्साएर र थर्काएर होइन माया गरेर र बुझएर पढाएको कुरा दिगो एवम् प्रभावकारी हुन्छ । कलमप्रति विश्वास नभएको गुरुले के सिकाउला ? जिम्मेवारी बोझलिो भएको हुनुपर्छ ।
तर, बाबुलाल हंसबाहिनी विद्यालयका प्रधानध्यापक र सहायक प्रधानाध्यापकलाई गलत जिम्मेवारी आइलागेको जस्तो । युद्घका मोर्चामा सरदार बनाउनुपर्ने । युद्घका गुरु । क्रान्तिले वीरहरू मागिरहेको छ । त्यतै पठाउनुपर्ने जस्तो हर्कत देखाएकी छिन् । विद्यालयमा शिक्षकहरु बुद्घ बन्नुपर्छ । सद्भाव सिकाउने । द्वन्द्व न्यूनीकरण गर्ने । भिन्न अवस्थामा समानता खोज्ने । मित्रता सिकाउन सक्ने । हार्दिकता सिकाउन सक्ने । जङ्गबहादुर पनि चाहिएको होला । राजनीति गर्ने ले जानुन् । विवाद गरुन् । तर विद्यालयमा बुद्घ नै चाहिएको हो ।
शिक्षकले सङ्घर्ष न गर्ने भनेकै होईन । समाज अगाडि बढ्न सङ्घर्ष त चाहियो । तर मुङ्ग्रे होईन। विद्वानले बौद्घिक लडाइँ लड्नुप¥यो । कविलाले लड्ने लडाइँ शिक्षकले लड्ने ? ज्ञानप्रतिको विश्वास भएरै हो ? वा विश्वास उडेर हो ? गान्धीले पनि सङ्घर्ष त गरे त ! बुद्घको पनि लडाइँ नै थियो । किन हिटलर प्यारो ? लाठी इट्टा बोकेको शिक्षक त बच्चाको लागि हिटलर नै हो नि !