प्रदेश समाचार

सशस्त्र प्रहरीले बरामद गरेको भन्सार छलिको सामान बुझायो

१५ जेष्ठ २०८१, मंगलवार ११:०३

वीरगन्ज । भारतबाट भन्सार छलि ल्याइएका सामान सशस्त्र प्रहरीद्वारा वीरगन्ज भन्सारमा बुझाएको छ ।

वीरगन्ज महानगरपालिका–१६ भन्सार मेनगेट वरपरको क्षेत्रबाट सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्मले बरामद गरेको भन्सार छलिका ४ लाख ५६ हजार ६३० मूल्य बराबार सामानहरु वीरगन्ज भन्सार कार्यालयमा बुझाएको हो ।

किराना सामान, कपडा तथा मोटरपार्टस र मोटरपार्टस ओसारपसारमा प्रयोग गरिएको मोटरसाईकल समेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए ।

सामान ओसार गर्न प्रयोग गरिएको बीआर ७६९८ नम्बरको भारतीय मोटरसाईकल समेत नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक सिंहले बताए । मोटरसाईकलको मूल्य १ लाख ५० हजार रुपैंया राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्