मधेस

युवतीलाई छुरा प्रहार गरेको आशंकामा एक युवक पक्राउ

१६ जेष्ठ २०८१, बुधबार १०:५८

वीरगन्ज, १६ जेठ । वीरगन्जमा किशोरीलाई छुरा प्रहार गरेको आशंकामा एक युवकलाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई टोलमा बस्दै आएकी १८ वर्षिया किशोरी माथि छुरा प्रहार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्ने व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन । पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरे निवासी प्रिया यादवलाई छुरा प्रहार गरेर फरार भएका थिए ।

घटना मंगलबार राति करिब साढे ८ बजेको हो । छुरा प्रहारबाट घाईते भएकी यादवको उपचार वीरगन्जको तराई अस्पतालमा भईरहेको छ ।

घटनामा संलग्न रहेको आशंकामा एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक केशर न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्