प्रदेश समाचार

पर्साको सखुवा प्रसौनीबाट तस्करीको काठ सहित एकजना पक्राउ

१६ जेष्ठ २०८१, बुधबार १८:४९

वीरगन्ज, १६ जेठ । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ बेलटोक गाउँबाट तस्करीको काठसहित एकजना पक्राउ परेका छन् ।

वनगस्ती टोलीले ३५ क्युफिट काठसहित सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ सथवल निवासी भुपेन्द्र चौधरी पक्राउ परेका हुन् । बिन्दबासिनी कोईलाभार साझेदारी वन क्षेत्रबाट चोरी गरी टायर गाडामा लैजादै गरेको अवस्थामा सालको काठसहित उनी पक्राउ परेका हुन् ।

सालको रुख कटान गरी गोलिया बनाएर लैजादै गरेको अवस्थामा सब डिविजन वन कार्यालय बडनिहारका जमदार जितबहादुर तमाङ्गको कमान्डमा खटेको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि डिविजन वन कार्यालय वीरगञ्ज पठाइएको छ ।

बरामद काठ, टायर गाडा, दुई वटा गोरु र एक थान काठ काट्ने आरा आवश्यक कारवाहीका लागि सव डिविजन वन कार्यालय बडनिहारमा राखिएको छ । काठ कुन प्रयोजनको लागि कहाँ लान लागिएको भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्