प्रदेश समाचार

स्रोत नखुलेको पाँचलाख ९० हजार सहित एक भारतीय पक्राउ

२३ जेष्ठ २०८१, बुधबार १५:२६

वीरगन्ज, २३ जेठ । पर्सा प्रहरीले स्रोत नखुलेको पाँच लाख ९० हजार रुपैंया सहित एक भारतीय नागरिकलाई नगद सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य पुर्वीचम्पारण रक्सौल वडा नं. २० कुम्हरियाटोल बस्ने बर्ष २९ को बबलुराज रौनियार रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको उक्त परिमाणको रकम सहित पक्राउ गरेको हो ।

मंगलबार वीरगञ्ज महानगरपालिका वडा नं.१५ बाईपास स्थित सडकखण्डको बसपार्कबाट प्रतिमा चोकतर्फ जादै गरेका उनलाई रोकेर जाँच गर्दा उनले पछाडी पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाई ल्याएको स्रोत नखुलेको रकम बरामद भएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रौनियारको साथबाट नेपाली एकहजार दरको नोट ४१५ थान ४ लाख १५ हजार, नेपाली ५०० दरको नोट ३४० थानको १ लाख ७० हजार नेपाली ५० दरको नोट एकसय थानको ५० हजार गरी जम्मा पाँच लाख ९० हजार रुपैंया बरामद भएको छ ।

स्रोत नखुलेको रकम सहित पक्राउ गरेका बबलु राज रौनियारलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक भारतीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्