प्रदेश समाचार

बारा प्रहरीद्वारा तीनजना फरार प्रतिवादी पक्राउ

२६ जेष्ठ २०८१, शनिबार १२:०४

वीरगन्ज, २६ जेठ । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न कसुरमा सजाय पाएर फरार रहेका तीनजनालाई पक्राउ गरेको छ ।

जिल्ला बाराले दुनियावादी फौजदारी मुद्दामा ३ महिना कैद र १० हजार जरिवानाको फैसला सुनाईएका आदर्शकोतवाल गाँउपालिका वडा नं. १ चिउटाहा बस्ने ५६ को मोसाफिर महतो कोईरीलाई पक्राउ गरेको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय कोल्हवीले कोल्हवी नगरपालिका वडा नं. ०८ बस्ने ४१ बर्षका साधु भन्ने श्याम किशोर चौधरीलाई पक्राउ गरेको छ । वन सम्बन्धी कसुरमा १ महिना कैद सजाय पाएका उनी फरार रहेका थिए ।

प्रहरी चौकी कचोर्वाले जालसाजी मुद्दामा फरार रहेका एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ११ कटहरीया बस्ने वर्ष ७० को भोला दास तात्मा रहेका छन् । उनलाई जालसाजी मुद्दामा दुईसय रुपैंया जरिवाना फैसला सुनाईएकोमा उनी फरार रहेका थिए ।

तीनै जनलाई लुकिछिपी गाउँमै बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्