प्रदेश समाचार

वीरगन्ज मुख्य प्रवेशद्वार शंकाराचार्य गेटमा १३१ जनाले गरे रक्तदान

२६ जेष्ठ २०८१, शनिबार १२:२८

वीरगन्ज, २६ जेठ । प्रहरी चौकी इनर्वाले वीरगञ्जमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा १३१ जनाले रगतदान गरेका छन् ।

नेपालको मुख्य प्रवेशद्वार शंकराचार्य गेटमा आयोजित कार्यक्रममा २ जना महिलासहित एक ३१ जनाले रगतदान गरेका हुन् । बढ्दो गर्मीमा रक्तदान कार्यक्रममा कमी आउँदा रक्तसञ्चार केन्द्र वीरगञ्जमा भएको रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरेको हो ।

रक्तसञ्चार केन्द्रमै रगतको अभाव भएकाले अस्पतालमा उपचार गराउन आउने बिरामीहरुलाई सहज होस् भन्ने अभिप्रायले कार्यक्रमको आयोजना गरेको प्रहरी चौकी इनर्वाका इन्चार्ज तेजप्रताप सिंहले जानकारी दिनुभयो ।

रक्तदान गर्नेहरुमा अनिशा गौतम, सीता क्षेत्री, अशोक प्रसाद यादव, सुरज सर्राफ, अजय कुमार, हेमन्त राउत, रामप्रकाश सर्राफ, निरज कुमार यादव लगायतका रहेका रक्तसञ्चार केन्द्र वीरगञ्जका राजन श्रीवास्तवले बताए ।

रक्तदान गर्नेहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिकहरुले प्राविधिक सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्