प्रदेश समाचार

वीरगन्ज रक्सोलको सीमा क्षेत्रमा एक पुरुषको शव फेला

२८ जेष्ठ २०८१, सोमबार ११:०३

वीरगन्ज, २८ जेठ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित खुला चौरमा एक जना पुरुषको शव फेला परेको छ ।

आइतबार साँझतिर खुला चौरमा एक जना व्यक्ति मृत फेला परेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

कालो रंगको सर्ट, निलो रंगको टिसर्ट, कालो रंगको जिन्स पाइन्ट र खैरो रंगको जुत्ता लगाएका व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

करिब २५/३० वर्षको देखिने ती व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । शव मुचुल्का गरी नारायणी अस्पतालको शवगृहमा राखिएको छ ।

मृत भेटिएका ती व्यक्तिको अनुहारमा रगत देखिएको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्