प्रदेश समाचार

बिहानी कक्षा सञ्चालन गर्न वीरगन्ज महानगरको निर्देशन

२८ जेष्ठ २०८१, सोमबार ११:०५

वीरगन्ज, २८ जेठ । वीरगञ्ज महानगरपालिकाले सबै सामुदायीक तथा संस्था विद्यालयलाई विहानी कक्षा संचालन गर्न निर्देशन गरेको छ ।

वीरगञ्ज लगायत तराईमा बढेको अत्यधिक गर्मीले गर्दा स्कुले बालबालिकाहरुलाई स्वास्थ्यमा हुने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै बिहान साढे १० बजेभित्रै पठनपाठन सक्न महानगरमा रहेका विद्यालयहरुलाई निर्देशन दिईएको छ ।

वीरगञ्ज महानगरपालिकाले आइतवार एक सूचना जारी गर्दै जेष्ठ २८ गते देखि बिहान साढे १० बजेसम्म पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको हो ।

अझै केही दिन गर्मी बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै बिहानी कक्षामा पठनपाठन सञ्चलन गर्न निर्देशन दिईएको महानगरका प्रमुख प्रशासकिय अधिकृत मातृका प्रसाद भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्